पिकनिक सकेर घर फर्किने क्रममा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०६ गते ।
धराने मिडिया : कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगास्थित नेमुवामा दुई जना जेसिज २०१८ का अध्यक्ष कञ्चन झा र २०२४ का अध्यक्ष प्रकाश झाको मृत्यु भएको छ।
सोमबार साँझ करिब ७:३० बजे भएको सवारी दुर्घटनामा दुई जना जेसिजकर्मीको मृत्यु भएको हो ।
कोशीमा पिकनिक सकेर घर फर्किने क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।




















