धरानमा आज शोक विदा

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ ०७ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिकाले माघ ०७ गते (आज) शोक विदा दिने निर्णय गरेको छ। आज विहान सुचना जारी गर्दै पालिकाले विदाको घोषण गरेको हो।

विगत लामो समय देखि धरान उपमहानगरपालिकाको योजना तथा इन्जिनियरिङ्ग महाशाखामा कार्यरत सव इन्जिनियर श्री निर्मल कृष्ण श्रेष्ठको माघ ७ गते असामयिक निधन भएकोले उक्त शोक विदा दिने निर्णय गरेको हो।

उनि विक्रम सम्बत २०५४ चैत ११ गते देखि धरान उपमहानगरपालिमा सेवा प्रवेश गरेका थिए। 

सुचना अनुसार "कार्यवाहक नगर प्रमुख स्तरीय निर्णयानुसार नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था / कार्यालयहरुमा (अत्यावश्यक सेवा बाहेक) मिति २०८२/१०/०७ गते, बुधबार १(एक) दिन शोक विदा दिइएको बेहोरा जानकारी गराईन्छ।"

WhatsApp Image 2026-01-21 at 7.46.48 AM