धरानमा चलचित्र "बर्डर-२"

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ ०९ गते ।

धराने मिडिया : बर्डर-२ भारतको आगामी युद्ध–आधारित चलचित्र हो, जुन १९९७ को सुपरहिट फिल्म बोडरको सिक्वेल हो।

बहुप्रतिक्षित चलचित्र ‘बर्डर-२’ को ट्रेलर हप्ता दिन अघि सार्वजनिक भएसगै चलचित्रले चर्चा बटुल्न सुरु गरेको थियो। चलचित्रले यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक गरिसकेको छ।

धरानमा हाल संचालनमा रहेको एक मात्र सिनेमा हल फ्रेन्डस सिनेमाले दर्शकको मागलाई पुर्ति गर्दै चलचित्र "बर्डर-२" लाई पहिलो दिन शुक्रबार १ शो र भोलि शनिबार तिन शो उपलब्ध गराएको छ।

फ्रेन्डस सिनेमाले आज शुक्रबार राति ८ः३० को धरानमा बर्डर-२ पहिलो शो उपलब्ध गराएको छ।

अनुराग सिंहको निर्देशनमा निर्माण भएको उक्त चलचित्रमा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, सोनम बाजवा, अन्या सिंह, मेधा राणा लगायतका कलाकारहरु मुख्य अभिनय रहेको छ। 

चलचित्रको निर्माता भूषण कुमार, कृष्ण कुमार, जे. पी. दत्ता र निधि दत्ताले गरेका हुन। 

चलचित्रमा आधुनिक युद्ध दृश्य र नयाँ पुस्ताका कलाकारहरू देखिने अपेक्षा गरिएको छ र सनी देओल फेरि सैनिक भूमिकामा फर्किने भएकाले दर्शकहरू निकै उत्साहित छन्।

Border 2