धरानबाट इटहरीका एक युवा सहित लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ माघ १५ गते ।

धराने मिडिया : झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका-६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दिपक कार्कीको कोठा भित्रबाट १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला पारी बेचबिखनमा संलग्न मन कुमार राजबंशी समेतलाई मे.१ ह.५५६२ नम्बरको अटो सहित नियन्त्रणमा लिएको हो।

त्यस्तै सुनसरीको धरान-८ बाट अस्थायी प्रहरी चौकी तिनकुनेले इटहरी-५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउन सुगर फेला पारेसंगै कारोबारमा संलग्न इटहरी-९ की इशा पौडेल समेतलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर