झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

झापा, २०८२ माघ १७ गते ।

धराने मिडिया : कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम  रूपमा सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग तथा स्थानीय स्काउट कार्यालय र कमल गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रदेशभरका स्काउट बालबालिकाले कोशी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीसँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले बालबालिकाका जिज्ञासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुहुँदै उनीहरूको अधिकार, शिक्षा, सुरक्षा र नेतृत्व विकासका विषयमा प्रदेश सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले बालमैत्री प्रदेश निर्माणका लागि प्रदेश सरकार निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

Hikmat Kumar karki (1) (1)

कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गर्नुभएको थियो। उहाँले स्काउट आन्दोलनले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष  प्रमिला न्यौपाने तिवारी, सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गा प्रसाद सिग्देल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद तथा बालमैत्री नीतिसम्बन्धी विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यूले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेशभरबाट ४०० भन्दा बढी स्काउट बालबालिकाको  सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

Scout (2)