याक्थुङ सिने अवार्ड ईन्टरनेसनल २०८२ का लागि पुर्वका विभिन्न पालिका अध्यक्षहरुलाई निमन्त्रणा प्रदान
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ १७ गते ।
धराने मिडिया : याक्थुङ चलचित्रकर्मी संघद्वारा आयोजित ‘याक्थुङ सिने अवार्ड ईन्टरनेसनल २०८२’ को लागि पुर्वका विभिन्न पालिका अध्यक्षहरुलाई निमन्त्रणा पत्र प्रदान गरिएको छ।
माघ २४ गते शनिवार हुन लागेको दोस्रो याक्थुङ सिने अवार्ड ईन्टरनेसनल २०८२ लागि विभिन्न पालिकाका अध्यक्षहरुलाई प्रत्यक्ष निमन्त्रणा प्रदान गरिएको हो।
याक्थुङ चलचित्रकर्मी संघ नेपलका अध्यक्ष नविन मेन्याङ्बो, वरिष्ट कलाकार प्रेम सुब्बा, चलचित्र निर्देशक तथा निर्माता विनोद पोमो, याक्थुङ चलचित्रकर्मी संघ नेपलका महासचिव उदय सुब्बा कुरुम्बाङ, कलाकार टेक राज लिम्बु र सानुराजा थेगिम लगायतले निमन्त्रणा पत्र प्रदान गरेका थिए।



छथर जोरपाटी गाउँपालिका धनकुटा अध्यक्ष - छत्र बहादुर सुब्बा
छथर गाउँपालिका तेह्रथुम अध्यक्ष - सन्तवीर तिगेला
लालीगुराँस नगरपालिका तेह्रथुम प्रमुख - अर्जुन मावोहाङ
म्याङलुङ नगरपालिका तेह्रथुम प्रमुख - सञ्जयकुमार तुम्वाहाङफे
मेन्छयायेम गाउँपालिका तेह्रथुम अध्यक्ष - यादवबहादुर खापुङ्ग
फेदाप गाउँपालिका तेह्रथुम अध्यक्ष - केशवप्रसाद भेटवाल
आठराई गाउँपालिका तेह्रथुम अध्यक्ष - दिलकुमार पाहीम
कुम्मायक गाउँपालिका पाँचथर अध्यक्ष - वंमप्रसाद लावती
फाल्गुनन्द गाउँपालिका पाँचथर अध्यक्ष - वृजहाङ आङदेम्बे



कार्यक्रम माघ २४ गते शनिवार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्री ईन्द्रमणी पराजुलीको प्रमुख अतिथ्यतामा सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा अयोजना हुनेछ।
कार्यक्रममा चलचित्र नुमाफुङका निर्माता नबिन सुब्बा, चलचित्र जारीका निर्माता उपेन्द्र सुब्बा, कलाकार बिमला खजुम, परिक्ष लिम्बु, यासेली योङ्हाङ लगायत विभिन्न याक्थुङ सेलिब्रिटी, कलाकार तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेने छ।
अवार्ड कार्यक्रममा बिसुद्व लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र, फिचर चलचित्र, याक्थुङ म्युजिक भिडियो र याक्थुङ पालम म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिने छ।





















