याक्थुङ सिने अवार्ड ईन्टरनेसनल २०८२ माघ २४ गते हुने

समाचारदाता : सन्देश

२०८२ माघ २० गते ।

धराने मिडिया : याक्थुङ कला, सँस्कृतिको सम्बद्र्धन एवं प्रर्वद्धन गर्ने उद्देश्यले दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनल २०८२ यही माघ २४ गते शनिबार धरानमा हुने भएको छ । 

सोमवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिदै दोस्रो सँस्करणमा चलचित्र, लघु चलचित्रको साथमा लिम्बु पालाम र म्युजिक भिडियोहरु पनि समावेश गरिने बताएका थिए। 

अध्यक्ष मेन्याङवोले पहिलो सिने अवार्डमा याकथुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई मात्र समावेश गरेता पनि दोस्रो याक्थुम सिने अवार्डमा यस पटक लिम्बु पालम र म्युजिक भिडियोहरू पनि समावेश गरिएको बताए ।

उनले नेपाल र नेपाल बाहिर छरिएर रहेका याक्थुङ चलचित्रकर्मीहरूलाई एकताबद्ध गर्दै याक्थुङ र नेपाली चलचित्रबीच सुदृढ सम्बन्ध स्थापित गर्ने, चलचित्रको स्तर उन्नति तथा उत्कृष्टताका लागि विमर्श र बहस गर्ने उद्देश्यले संघ स्थापना गरिएको बताएका थिए।

Yakthung Cine Award 2082 (2)

अवार्ड कार्यक्रममा बिसुद्व लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र, फिचर चलचित्र, याक्थुङ म्युजिक भिडियो र याक्थुङ पालम म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिने छ।

त्यस्तै कार्यक्रममा चलचित्र नुमाफुङका निर्माता नबिन सुब्बा, चलचित्र जारीका निर्माता उपेन्द्र सुब्बा, कलाकार बिमला खजुम, परिक्ष लिम्बु, यासेली योङ्हाङ लगायत विभिन्न याक्थुङ सेलिब्रिटी, कलाकार तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेने छ। 

कार्यक्रम कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्री ईन्द्रमणी पराजुलीको प्रमुख अतिथ्यतामा सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा अयोजना हुनेछ।

Yakthung Cine Award 2082 (3)Yakthung Cine Award 2082