नेवा च्यारीटी एजुकेशन फन्टद्धारा छात्रवृत्ति वितरण
समाचारदाता : भोला श्रेष्ठ
२०८२ माघ २५ गते ।
धराने मिडिया : धरान रन नेवाः च्यारीटी एजुकेशन फण्डले १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा किरातेश्वर मा.वि.का नेहाम कार्की,पञ्चायत मा.वि.की उषा राई,ल्यावोरेटरी मा.वि.का असिम राई,निकेतन मा.वि.का नमुना कठेत रहेकाछन् ।
त्यसैगरी सदन मा.वि.का सोलिट राई,पञ्चकन्या मा.वि.का सर्मपण राई,किरातेश्वर मा.वि.की मनिता घलानी,निकेतन मा.वि.का तोहीद अन्सारी,सम्यक आधारभूत विद्यालयका सोया लामा,निहाङ्ग राई,किरातेश्वरका दिपाकुमारी चौधरी,शिक्षा ज्योति आ.वि.का सिमोन तामाङ्ग,ल्यावोटरीका विनिता भुजेल रहेकाछन् ।

नेवा च्यारीटी ट्रष्टले हरेक वर्ष आयोजना गर्दै आएको धरान रनबाट वचेको रकमबाट संचालन गरेको नेवा एजुकेशन फण्टले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष हेमन सुनुवारले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार छात्रवृत्ति वर्षमा दुइ पटक वितरण गरीने गरेको छ । विद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।
धरान रनका अध्यक्ष हेमन सुनुवार, पत्रकार भोला श्रेष्ठ, सल्लाहकार विकि पोद्धारले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको थियो ।




















