तामाकोसी नदीमा बस खस्दा १२ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ २८ गते ।

धराने मिडिया : रामेछापस्थित तामाकोसी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ। काठमाडौंबाट २० जना यात्रु लिएर हिडेकाे बस मंगलबार रामेछापको मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट तामाकोसीमा खसेको थियो ।

मंगलबार बिहान करिब पौने ११ बजे बस सडकबाट झण्डै २० मिटर तल तामाकोसी  नदिमा खसेर दुर्घटना भएको हो। बस पूरै नदीमा डुबेको छ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।