पुर्वको विभिन्न जिल्लामा लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ फागुन १ गते ।
धराने मिडिया : झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज-२ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागी चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी-२ का दिल कुमार विश्वकर्मा, सवार गौरादह-८ का अमन ताजपुरिया, धरान-१६ का दिपा परियार र वेलबारी-९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र-६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतल सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा सम्बन्धीत प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर




















