भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना हुँदा २३ जना घाइते

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन ६ गते ।

धराने मिडिया : भोजपुरमा चुनावी सुरक्षा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट निस्किएको बस भोजपुर नगरपालिका-३, सेती बगर नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा सेनाका २३ जना घाइते भएका छन् । घाइतेमध्ये  ८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुरमै उपचार भइरहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।