च्याम्पियन स्काउट ट्रुपको हाइक तथा पाककला प्रतियोगिता सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन ६ गते ।

धराने मिडिया : धरान-१५ स्थित च्याम्पियन इङ्लिस स्कुलको च्याम्पियन स्काउट ट्रुपको हाइक तथा पाककला प्रतियोगिता सम्पन्न भएको छ।

ट्रुपको हाइक विद्यालयबाट सुरु भई पत्रुङबारीमा सम्पन्न भएको थियो  । हाइक सम्पन्न भएपछि विद्यार्थीहरुले समूहमा मिलेर खाना पकाएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश स्काउट कार्यालयका शैक्षिक पद्धति आयुक्त सुशील राई रहनु भएको थियो ।

638167527_1421357443118668_8927115221661382188_n (1)

विद्यार्थीलाई शारीरिक तन्दुरुस्ती, व्यावहारिक शिक्षा र प्रयोगात्मक शिक्षा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा स्काउटर निशा योगीले बताएका थिए।

कार्यक्रममा स्थानीय स्काउट कार्यालय धरानका प्रमुख आयुक्त मधुसूदन घिमिरे , स्थानीय स्काउट परिषद् सदस्य सूर्यकुमार सुनुवार, विद्यालयका शिक्षकद्वय पूजा बरदेवा र शोनम दाहालको उपस्थिति रहेको थियो ।

636745245_1421357559785323_7010699796262232540_n (1)637737074_1421354569785622_4160186562389664634_n (1)