प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ फागुन ११ गते ।

धराने मिडिया : मोरङ र झापाको २ स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १० गते मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानिय २८ वर्षिय मनोज खड्काको घर कोठाबाट खानतलाशीको क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल १५ सय क्याप्सुल, स्पास्पेन १५ सय ट्याब्लेट र ३ सय ६२ ग्राम गाँजा बरामद गरे संगै खड्कालाई नियन्त्रणमा लिएको छ भने झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-४ का शिब दनुवार र नितेश दनुवारलाई १ ग्राम १५० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रणमा लिएका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर