स्काउटको अन्तर दल निबन्ध लेखन प्रतियोगिता सम्पन्न

समाचारदाता : सुर्य सुनुवार

२०८२ फागुन १३ गते ।

धराने मिडिया : धरान नगरमा स्काउटको संस्थापक दिवस तथा Thinking Day को अवसरमा आयोजित अन्तर दल निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीय स्काउट कार्यालय धरानको आयोजना र डिपो स्काउट दलको व्यवस्थापनमा सो प्रतियोगिता सम्पन्न भएको हो । १० दलहरु सहभागी रहेको प्रतियोगितामा आईडियल स्काउट दलकी छात्रा स्निग्धिा पौडेल प्रथम,  होली गार्डेन स्काउट दलका छात्र रजत भुजेल द्धितीय, च्याम्पियन स्काउट दलकी छात्रा आराेहि खड्का तृतीय र सुनाखरी स्काउट दलकी छात्रा आश्ना राईले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए।

उनीहरुलाई कार्यक्रमका सभापति डिपो स्कुलका प्रधानाध्यापक राज कुमार राई, प्रमुख अतिथि धरान उपमहानगर का.वा. नगर प्रमुख अईन्द्र बिक्रम बेघा, स्थानीय प्रमुख आयुक्क्त मधुसूदन घिमिरे, शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्का, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, पूर्व राष्ट्रिय सचिव बासुदेव भण्डारी, स्काउटर राजेन्द्र भण्डारी लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 

WhatsApp Image 2026-02-22 at 7.12.04 PM (1)

यसै अवसरमा गत सालको कार्यक्रमहरुमा सहभागीता जनाएको, पुरस्कार जितेको विभिन्न आधारमा मुल्याङ्कन गरि सर्वाधिक अंक ल्याउन सफल पब्लिक हाई स्काउट दल धरान १२ सर्वोत्कृष्ट स्काउट दल २०८१ घोषणा गरीएको थियो ।

पब्लिक हाई स्काउट दललाई रनिङ्ग ट्रफि सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । सो वितरण धरान उपमहानगरका का.वा. नगर प्रमुख अईन्द्र बिक्रम बेघाले पब्लिक हाई स्काउट दलका अध्यक्ष ईन्द्र मोहन झालाई प्रदान गर्नु भएको थियो ।

WhatsApp Image 2026-02-22 at 7.12.04 PM