फागुन १५ गते शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्ने
समाचारदाता : सन्देश
२०८२ फागुन १३ गते ।
धराने मिडिया : सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै धरान नृत्यकला प्रतिष्ठानकाे आयाेजना र दृश्य सि द अनसिनकाे सहकार्यमा फागुन १५ गते शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
धरान– ९ स्थित तिमल्सिना होटल अगाडि सञ्चालन हुने उक्त कार्यक्रम बिहान ७ बजेदेखि सुरु हुने प्रतिष्ठानले जनाएको छ। समाजमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिने भएको हो।
प्रतिष्ठानले नृत्य तथा सांस्कृतिक गतिविधिमा मात्र सीमित नभई सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। सोही अभियानअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा स्थानीय युवा, कलाकार तथा सर्वसाधारणलाई सहभागी भई बिहान ७ बजेदेखि नै उपस्थित भएर रक्तदान गरी मानव सेवामा योगदान पुर्याउन आयोजकले आग्रह गरेको छ।




















