फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन १४ गते ।
धराने मिडिया : सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को यो निर्णयसँगै देशभरका सरकारी कार्यालय, अर्ध-सरकारी निकाय र शैक्षिक संस्थाहरू फागुन २० देखि २२ सम्म बन्द रहनेछन्।
त्यस्तै बैठकले जेन-जी परिषद् गठन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो।




















