वि लभ यु फाउण्डेशनद्धारा १ सय प्रिन्ट रगत संकलन 

समाचारदाता : भोला श्रेष्ठ

२०८२ फागुन १४ गते ।

धराने मिडिया : वी लभ यु फाउण्डेशनले ८८२ औं  विश्वव्यापि रक्तदान कार्यक्रमका अवसरमा  धरानमा विहिवार रत्तःmदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरान १८ स्थित सिटी फुटसलमा भएको रक्तलान कार्यक्रममा १ सय पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

रक्तदानका सहभागीहरुलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम वेघाले प्रमाण पत्र वितरण गरेका थिए । उनले रक्तदान जस्तो मानवीय सेवाको कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिदै प्रसंशा गरेका थिए ।

b24bdd28-481f-4615-afe1-b10264567285 (1)

कार्यक्रमका सभापति भिभ गुरुङले रगतको अभावमा कसैले पनि उपचारमा समस्या भोग्नु नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको वताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीले प्राविििधक सहयो ग गरेको थियो ।