धरान-८ तिनकुने स्थित मोटरसाईकलबाट लागू औषध सहित पक्राउ
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ फागुन १७ गते ।
धराने मिडिया : झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको इलाका प्रहरी कार्यालय बुधबारेले झापा बुद्धशान्ति-४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान-८ तिनकुने स्थितबाट प्र १-०२-०५५ प ११३२ नम्बरको मोटरसाईकल चालक मोरङको सुन्दरहरैचा-४ का सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप-३ का नविन कडेललाई प्रतिबन्धित औषधी ट्रामाडोल ५ सय ९० क्याप्सुल र डिकोलिक ५ सय ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
लागू औषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर




















