हावाहुरीपछि रुखले च्याप्दा दुई जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
उदयपुर, २०८२ चैत ३ गते।
धराने मिडिया : उदयपुरको कटारीमा हावाहुरीपछि रुखले च्याप्दा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटारी नगरपालिका-८ का ४९ वर्षीया मिनामाया तामाङ र कटरी नगरपालिका-५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन। ४९ वर्षीया तामाङको गोठबाट खसीबाख्रा सार्ने क्रममा नजिकैको कुटमिरो रुख लड्दा हाँगाले लागेर मृत्यु भएको थियो भने ६४ वर्षीय चौधरीको रुखले च्याप्दा मृत्यु भएको थियो।
उनीसँगै अन्य पाँच जना पनि घाइते भएका छन् ।




















