हेलीकप्टर दुर्घटनाबाट ५० बर्षीय राई घाईते

समाचारदाता : गोपाल पौडेल

खोटाङ, २०८२ चैत ५ गते।

धराने मिडिया : खोटाङको केपिलासगढी गाँउपालिका-२ बालाबेसीमा  चैत ४ गते मध्यान्न १२ बजे भएको हेलीकप्टर दुर्घटनाबाट एक जना घाईते भएका छन् ।

घाईते हुनेमा हेलीकप्टरमा सवार ५० बर्षीय काजी बहादुर राई रहेका छन् । काठमाण्डौबाट चार्टर गरेर ल्याएको चालक सुजन थापा सहित ६ जना सवार भएको डाईनेष्टी हेलीकप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको थियो । 

घटनाको जानकारी पाऊन साथ प्रहरी चौकी खार्तम्छाबाट प्रहरी टोली खटि गई स्थानियको सहयोगमा घाईते राई र चालकलाई अर्को हेलीकप्टरद्वारा काठमान्डौ तर्फ पठाईएको छ ।

Helicopter Accident