धरानमा लागू औषध ब्राउन सुगर सहित १ जना घरबाट पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत ८ गते।

धराने मिडिया : सुनसरीको धरान- ८ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ०६ गते दिउँसो १ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोही स्थानका सुरज खड्कालाई उनकै घरबाट ५ ग्राम ८४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर