धरानमा चलचित्र पत्रकार सङ्घ नेपाल सुनसरी शाखाको नयाँ कार्यसमिति चयन
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १० गते।
धराने मिडिया : धरानमा चलचित्र पत्रकार सङ्घ नेपाल सुनसरी शाखाको नयाँ कार्यसमिति चयन भएको छ। चैत ८ गते धरान-१५ स्थित होटेल धरान किचेनमा शाखाको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट सुबास संकल्प श्रेष्ठ(खेमराज) अध्यक्षमा चयन भएका छन भने उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा(रश्मी), कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा रबिन काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिप तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ, विशाल काफले चयन भए छन।
धरान उपमहानगर पालिकाका कार्यबाहक प्रमुख अईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष सन्जु राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा, याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बो, उपाध्यक्ष दिलु सुब्बालगायतको उपस्थीति रहेको थियो।






















