धरानबाट २९ बर्षीय एक युवा प्रतिबन्धित लागू औषध सहित प्रहरी नियन्त्रणमा

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८२ चैत १२ गते।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २९ बर्षीय अनिल लिम्बुलाई ट्रामाडोल ४ हजार १ सय ४६ क्याप्सुल, स्पास्पेन र डिकोलिक गरी ४ हजार २ सय २८ ट्याब्लेट सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर