चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा वीरेन्द्र शाह
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १२ गते।
धराने मिडिया : चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन् भने सचिवमा तुलसी प्रसाद निरौला र शोभा सुनुवार निर्वाचित भएका छन्। त्यसैगरी उपसचिवमा विकल श्रेष्ठ तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्।
सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल रहेका छन्। केन्द्रीय सदस्यमा सुमित्रा राई, (सन्जु) र विकल श्रेष्ठ चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश्वर कोइराला रहेका थिए भने कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार महासंघका अध्यक्ष सन्जु राईले गरेका थिए। कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष समिप लामिछानेको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा चलचित्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समिर बलामिले चलचित्र पत्रकारिता संस्थागत रूपमा सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै व्यक्तिगत पहुँचका आधारमा हुने प्रेस मिटलाई व्यवस्थित बनाउन आग्रह गरे। उनले देशभर १२ वटा संगठन विस्तार भइसकेको जानकारी दिँदै चलचित्र पत्रकार संघको विस्तार र सक्रियता बढ्दै गएको बताए।
कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सन्जु राईले नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा सत्य तथ्यमा आधारित पत्रकारिता गर्दै चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउन आग्रह गरे।





















