माउण्ट हर्मन स्काउटको अठारौ दीक्षान्त सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १३ गते।
धराने मिडिया : धरान १८ स्थित माउण्ट हर्मन एकेडेमीमा सन्चालित माउण्ट हर्मन स्काउट प्याक/ दलको अठारौ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयका प्रशासक नवीन राईको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, राष्ट्रिय परिषद् सदस्य निर्मला अधिकारी, स्काउटर सूर्यकुमार सुनुवार, विद्यालयका भ्वाईस प्रिन्सिपल रन्जु लामा लगायतको आतिथ्यता रहेको थियो ।
समारोहमा १४ कव/ व्राउनी तथा ३२ स्काउटहरु दीक्षित हुदैं स्कार्फ तथा व्याज प्राप्त गरे । विद्यालयमा वि स २०६८ सालदेखि सन्चालित स्काउटले गरेका प्रगतिको चर्चा समेत गरिएको थियो ।
समारोहको सन्चालन प्रदेश प्रमुख आयुक्त स्काउटर हेमन्त भण्डारीले गर्नुभएको थियो ।






















