केन्द्रीय प्रविधि क्याम्पसमा अन्तरसंकाय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

समाचारदाता : तिर्थ कार्की

२०८२ चैत १४ गते।

धराने मिडिया : धरान स्थित केन्द्रीय प्रबिधि क्याम्पस हात्तीसारमा अन्तरसंकाय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीको आयोजनामा बिहीबार क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

इकाई कमिटीका कार्यवाहक अध्यक्ष विकास घिसिङको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य नविन दाहाल प्रमुख अतिथि तथा केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज रबिन श्रेष्ठ विशेष अतिथि रहेका थिए।

इकाई कमिटी सचिव राजकुमार कठायतका अनुसार प्रतियोगितामा बिटेक संकायबाट अन्वेष अर्याल ,सोनिष धमला र सन्जय  श्रेष्ठ समूह प्रथम हुँदै नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

042b14ee-fdf4-43cb-a82f-4f9567b2701f (1) (1)

त्यसैगरी, एमटेक  संकायबाट सिर्जना कुमारी पौडेल, सन्देश ओझा र कौशलराज कार्कीको समूह द्वितीय भई नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। जिओलोजी संकायबाट प्राश्ना पराजुली, नुमा लिम्बु र ओमस खड्गीको समूह तृतीय हुँदै नगद १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र हात पार्यो।

त्यस्तै, बीएस्सी फिजिक्स संकायबाट दिपक मगर, भुवन श्रेष्ठ र राजु श्रेष्ठको समूह सान्त्वना स्थान हासिल गर्दै फ्रेन्ड्स सिनेमा हलको निःशुल्क टिकट र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। विजेता टोलीलाई प्रमुख अतिथि नविन दाहाल, विशेष अतिथि रबिन श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष यामकुमार पाण्डे, केन्द्रीय सदस्य भगवान थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन छात्रा सुम्निमा राईले गरेकी थिइन्।