“एड्भान्स भेला एवं उडव्याज रियुनियन २०८२” सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत १५ गते।

धराने मिडिया : कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा स्थानीय स्काउट कार्यालय विराटनगरको व्यवस्थापनमा चैत १३ र १४ गते “एड्भान्स भेला एवं उडव्याज रियुनियन २०८२” भव्यताका साथ सम्पन्न भएको छ।

उद्घाटन समारोहमा विराटनगर महानगरपालिका उपप्रमुख एवं स्थानीय प्रमुख स्काउट शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा कोशी प्रदेशमा सक्रिय स्काउट लिडरहरूबीच अनुभव आदानप्रदान गर्नुका साथै तालीम पद्धतिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशभरिका ७० भन्दा बढी सक्रिय स्काउट लिडरहरूको सहभागिता रहेको थियो।

Scout Reunion 2082 Biratnagar (4)Scout Reunion 2082 Biratnagar (3)

प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुव्वा, राष्ट्रिय सुशासन, स्रोत विकास एवं वित्त आयुक्त श्री अरुण बस्नेत, राष्ट्रिय परिषद सदस्यहरु, प्रदेश कार्यकारी समिति सदस्यहरु, राष्ट्रिय प्रशिक्षकहरू, प्रदेश परिषद सदस्यहरू, स्थानीय प्रमुख आयुक्तहरू, सहायक राष्ट्रिय प्रशिक्षकहरू तथा एड्भान्स एवं उडव्याज लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Scout Reunion 2082 Biratnagar (2)Scout Reunion 2082 Biratnagar