डल्फिन एकेडेमीमा ‘मिष्टर एण्ड मिस डल्फिन-७’ सम्पन्न

समाचारदाता : तिर्थ कार्की

२०८२ चैत १६ गते।

धराने मिडिया : पढाइसँगै व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको धरान–३ स्थित डल्फिन पूर्वाञ्चल एकेडेमीमा आइतबार  ‘मिष्टर एण्ड मिस डल्फिन–७’ भव्य रूपमा सम्पन्न भएको छ। 

कक्षा–१० र १२ का विद्यार्थीहरूको बिदाई कार्यक्रमलाई अझ स्मरणीय बनाउँदै आयोजना गरिएको प्रतियोगितामा नवीन आङ्खेवा र अनुस्का लिम्बुले मुख्य उपाधि "मिस्टर र मिस डल्फिन" जित्न सफल भएका छन्।

प्रतियोगितामा सनम लिम्बु र समीक्षा पौडेलले क्रमशः फस्ट रनर–अपको स्थान हासिल गरे।  विभिन्न विधामा प्रदान गरिएका सब–टाइटलहरूतर्फ बेष्ट ट्यालेन्ट नुरिक लिम्बु र युना राई, बेष्ट डिसिप्लिन पर्बत मगर र मनिषा सुनुवार, बेष्ट स्माइल आदित श्रेष्ठ, बेष्ट एक्टिभ मिक्सा लिम्बु र नवीन आङ्खेवा घोषित भए।

7th Mr. & Miss Dolphin 2082 winners (2) (1) (1)

त्यसैगरी, बेष्ट कपल्सतर्फ सनम लिम्बु र अनुस्का लिम्बु, बेष्ट वाक (Walk) मा सुगम राई र ग्रेस राई, फोटोजेनिकमा समीक्षा पौडेल र अबिस राई तथा बेष्ट भर्सटायल इमोहाङ राई र रोस्निका लिम्बू चयन भए।

विजेताहरूलाई गत वर्षका विजेता ह्याप्सम राई र सोमि लिम्बुले ताज तथा ट्रफी हस्तान्तरण गरे भने अन्य पुरस्कारहरूमा स्लास, बुके, खादा, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार तिर्थ कार्की र मिस डल्फिन–२०८१ की विजेता डोल्मा तामाङ रहेका थिए।

कार्यक्रमकामा एकेडेमीका प्रिन्सिपल सन्तोष राईले शिक्षकहरूले जहिले पनि विद्यार्थीहरु आफुभन्दा असल र ठुलो मान्छे बनुन भन्ने शुभेच्छा राख्ने भएकाले मिहिनेत साथ अध्ययन गरी आफ्नो भबिष्य उज्ज्वल बनाउन आग्रह गरे। उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीको शैक्षिक प्रगति र व्यवहारिक विकासमा निरन्तर ध्यान दिन पनि आग्रह गरे।

यसै अवसरमा कक्षा–१० र १२ का विद्यार्थीहरूलाई अबिर, टीका तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा बिदाई गरिएको थियो।

7th Mr. & Miss Dolphin 2082 winners (1) (1)