बालेन शाहको "जय महाकाली" गित ५ दिनमा ५५ लाख भ्युज

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत १७ गते।

धराने मिडिया : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नयाँ गीत ‘जय महाकाली’ ले ५ दिनमा ५५ लाख भ्युज प्राप्त गर्न सफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनले बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्यका रुपमा शपथ लिनुअघि उक्त गीत आफ्नो युट्युब च्यानल मार्फत् सार्वजनिक गरेका थिए ।

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेको छ । गीतको भिडियोमा उहाँको चुनावी अभियानका भिडियो क्लिप देख्न सकिन्छ ।

‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो ।