आजदेखि एसइई परीक्षा सुरु, जापानमा पनि विद्यार्थीको सहभागी
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १९ गते।
धराने मिडिया : नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक एसईईमा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्।
जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा तालिका:
- चैत १९ गते अनिवार्य अङ्ग्रेजी
- चैत २० गते अनिवार्य नेपाली
- चैत २२ गते अनिवार्य गणित
- चैत २३ गते विज्ञान तथा प्रविधि
- चैत २४ गते सामाजिक अध्ययन
- चैत २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय
- चैत २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय
- चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने




















