मेरिल्याण्ड स्कुलको ३० औं वार्षिक उत्सव, बालबालिकालाई शैक्षिक सामग्री र आर्थिक रकम सहयोग
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत २२ गते।
धराने मिडिया : धरान उपमहानगरपालिका वडा न १० स्थित मेरिल्याण्ड विद्यालयको ३० औं वार्षिक उत्सवको अवसरमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र आर्थिक रकम सहयोग गरिएको छ । चैत २१ गते धरान-१० का वडा अध्यक्ष विवेक राईको प्रमुख अतिथिमा विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत निम्न आयवर्गका ९ जना छात्रा तथा छात्रलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो भने आर्थिक अवस्था कमजोर भई बिरामी रहेका दुई बालबालिकालाई नगद १५/१५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।
विद्यालयले ३० औं वार्षिक उत्सवको अवसरमा नयाँ भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशत र हाल अध्ययनरत विद्यार्थीलाई ३० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको विद्यालयका सह-प्रधानाध्यापक मनोज राईले जानकारी दिनुभयो।























