चिशंखुगढीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २४ गते।

धराने मिडिया : ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाँउपालिकामा नगरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल भएको थियो।

गाँउपालिकाका अध्यक्ष निशान्त शर्माको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्र.ना.उ. मदन के.सीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रशासकीय अधिकृत, चिशंखुगढी गा.पा.को प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक, चिशंखुगढी गा.पा.का विभिन्न वडाका अध्यक्ष लगायत स्थानीय बुद्दीजिवी,समाजसेवी,सञ्चारकर्मी,शिक्षक ,कर्मचारी लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो।

660814155_1256967883212379_4415432449121110220_n (1)662642827_1256967923212375_6653423710071683186_n (1) (1)

कार्यक्रममा जघन्य प्रकृतीका घटनाहरुमा सफल अनुसन्धान गर्न सहयोग गर्नु हुने चिशंखुगढी गा.पा.वडा नं. ०६ र वडा नं. ०८ का अध्यक्षहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रम  चैत २२ गते  चिशंखुगढी गाँउपालिकाको सभाहलमा संचालन गरिएको थियो।