धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न
समाचारदाता : भोला श्रेष्ठ
२०८२ चैत २५ गते।
धराने मिडिया : धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ । मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।
कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो ।
दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो ।
मन्त्री सुनुवारले आजका बालबालिका भनेको भोलीका चम्मिला तारा भएको वताउदै उनीहरुलाई सही शिक्षा र नैतिक र अनुशासित वनाउनु पर्नेमा जोड दिनु भएको थियो । मन्त्री सुनुवारले एकेडेमीको उज्वल भविष्यको कामना समेत गर्नुभएको थियो ।
समारोहमा विद्यार्थीहरूले सन्देश मुलक नाटक,गायन,नृत्य, तथा विभिन्न प्रतिभा प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरन्जन दिलाएका थिए । कार्यक्रममा विभिन्न विधामा वौद्धिक तथा क्षमतावान विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो ।
विद्यालयकी प्रिन्सिपल मैया राई ९अग्रवाल०ले दिक्षित विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै स्कुलले दिएको शिक्षा, अनुशासन, नैतिक शिक्षालाई सधै आत्मसाथ गर्न विद्यार्थीलाई सुझाव दिनुभएको थियो ।

प्रिन्सिपल राईले मन्टेश्वरी स्कुलमा शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम गरेर सिकाइने भएकोले अभिभावकको रुचि वढदै गएको वताउनु भयो ।
मन्टेश्वरीका निर्देशक दिपक अग्रवालले धरान मन्टेश्वरीको विशेषता नै गुणस्तरीय शिक्षा र नैतिक शिक्षा रहेको वताउनु भयो । उहाले आफ्नो एकेडेमीमा नानीहरु पढन पठाउने अभिभावकहरुले यहाँको शिक्षण विधिबाट पूर्ण रुपमा सन्तुष्टी प्राप्त गर्ने दावी समेत गर्नुभयो । धरान मन्टेश्वरी एकेडेमी कोशी प्रदेश पुरानो मन्टेश्वरीको रुपमा रहेको छ । यहाँ ३ सय भन्दा माथि विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।




















