वर्षको अन्त्यसँगै भेडेटारको पाथीभरा मन्दिरमा भक्तजन र पर्यटनको घुइचो

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २८ गते।

धराने मिडिया :धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा भक्तजनको केन्द्रविन्तु बनेको छ । साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा रहेको यस पाथीभरा मन्दिरमा वर्षको अन्त्यसँगै आज अन्तिम शनिबार भक्तजनहरूको घुइँचो लाग्नेको थियो।

समुद्री सतहदेखि १४५१ मिटर उचाइमा अवस्थित यस पाथीभरा मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिरकै शाखाकै रुपमा स्थापित रहेको हो  । उक्त मन्दिर भेडेटारबाट करिब २ किलो मिटरको दुरिमा रहेको छ । पर्यटकीय क्षेत्र भेडेटार पुग्ने गरेका पर्यटकहरु समेत त्यहाँ पुग्ने गरेका छन् ।

चिसो मौसम,पहाडका रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ । वरिपरिका बाख्रा हराएपछी त्यस्को खोजी गर्ने क्रममा यहाँ माता अबस्थित रहेको थाहापाएपछि पुजापाठ गर्न थालेको किम्ब दन्ती रहेको छ ।

Pathibhara Bhedetar

विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल  परेवा उडाउने, फलफूल चढाउने र  शृङ्गारका सामग्री चढाउने थालिएको छ । देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारीले बताए ।