लागू औषध ब्राउन सुगर सहित सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८२ चैत २९ गते।

धराने मिडिया : सुनसरीको ईनरुवा नगरपालिका- ४ बसचोक स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले ईटहरी- १६ का २४ बर्षीय शुसान ठाकुरलाई १ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर