धरानका सम्पुर्ण विद्यालयमा अनिवार्य स्काउटिङ सुरु गर्छौ - का.वा प्रमुख बेघा

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख ३ गते।

धराने मिडिया : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्र विक्रम बेघाले धरानका सम्पुर्ण विद्यालयमा अनिवार्य स्काउटिङ सुरु गर्ने बताउनु भएको छ।

बिहिबार धरान-१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा “नयाँ वर्ष नगरस्तरीय स्काउट क्याम्प २०८३” को उद्घाटन समारोहमा शुभकामना मन्तव्यको क्रममा उक्त जानकारी दिएका थिए। प्रमुख अतिथि बेघाले स्काउटिङले बालबालिकामा सकारात्मक परिवर्तन ल्याइ असल र योग्य नागारिक बनाउन सहयोग पुर्याउने बताएका थिए।

नगरभित्रका सक्रिय स्काउट इकाइका स्काउट बालबालिकाहरूलाई साहसिक, बौद्धिक, सिर्जनात्मक तथा व्यक्तित्व विकास गराउने उद्देश्यले क्याम्प सुरु गरिएको स्थानिय स्काउट कार्यालय धरानका कार्यालय सचिव सन्तोष कोइरालाले बताए।

Dharan Scout camp 2083 (11)

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय धरानको आयोजना र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त ४ दिने क्याम्प सुरु भएको हो। 

उद्घाटन कार्यक्रममा नेपाल स्काउट धरान उपमहानगरपालिका स्थानिय प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष मधुसुदन घिमिरेले शुभकामना मन्दव्य दिदै कार्यक्रममा केहि समस्या भए जानकारी गराउन आग्रह गरेका थिए। उनले यस क्याम्पमा ४०० भन्दा बढि स्काउटहरुको अपेक्ष गरेकोमा २५० जना मात्र सहभागी भएकोमा दुख व्यक्त गरेका थिए । 

कार्यक्रममा शिक्षा महाशखा प्रमुख तथा स्थानीय स्काउटका सदस्य सचिव ध्रुवराज खड्काले एक महिना अघि पत्राचार गर्दा पनि आशा गरेअनुसार सहभागिता हुन नसक्नुमा दु: ख व्यक्त गर्दै आगामी सत्रदेखि सामुदायिक र संस्थागत विद्यालयमा स्काउट अनिवार्य हुने र लागु भए नभएको कडाइका साथ अनुगमन गरिने धारणा राखेका थिए ।

Dharan Scout camp 2083 (4)Dharan Scout camp 2083 (6)Dharan Scout camp 2083 (5)

कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, धरान उपमहानगरपालिका वडा न. १६ का अध्यक्ष मुरारी भट्टराई, पब्लिक हाई स्कूलका प्रधानाध्यापक इन्द्र मोहन झा, शारदा बालिका नमुना माध्यमिक विद्यालय नि. प्रधानाध्यापक गुरुप्रसाद दाहाल, धरान नगर स्काउट सलाहकार राजे‌न्द्र भण्डारी,  स्थानिय स्काउट परीषद सदस्य हरिकृष्ण श्रेष्ठ, ल्याबोरेटरी माध्यमिक विद्यालय धरानका प्रधानाध्यापक उत्तम सुवेदी, स्थानीय स्काउट परिषद् सदस्य शङ्कर भण्डारी, स्थानीय स्काउट परिषद् सदस्य योगेन्द्र पालुङ्‌वा, शिक्षक चन्द्र संस्कृत माद्यामिक विद्यालय शि्क्षक गीता चौलागाई, शारदा बालिका माद्यामिक विद्यालय धरानका शिक्षक शान्तिला भट्टराई, अर्चना ढकाल लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

Dharan Scout camp 2083 (10)Dharan Scout camp 2083 (12)Dharan Scout camp 2083 (7)

बैशाख २ गते देखि सुरु भएको स्काउट क्याम्प बैशाख ५ गतेसम्म संचालन हुनेछ।

नेपाल स्काउट नेपालको आधिकारीक स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

उमेरको आधारमा नेपाल स्काउटको वर्गीकरण तिन प्रकारले गरिएको छ। 

१. कब\ब्राउनी (७ देखी १० वर्ष )

२. ब्वाय्\गर्ल (११ देखी १५ वर्ष)

३. रोवर\रेञ्जर (१६ देखी २५ वर्ष)

नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.सं. २०४३मा कीर्तिपुरमा गरेको थियो भने दोश्रो ज्याम्बोरी वि.सं. २०६९ सालमा चितवनको टिकौलीमा आयोजना भएको थियो । त्यस्तै नेपाल स्काउटको तेस्रो ज्याम्बोरी २०७५ सालमा ककनीमा आयोजना भएको थियो ।

नेपाल स्काउटको पहिलो रोभरमुट २०७८ सालमा पोखरामा आयोजना भएको थियो ।

Dharan Scout camp 2083 (9)Dharan Scout camp 2083 (8)Dharan Scout camp 2083 (2)