साधुटार पदमार्ग साथै साप्ताहिक बुधबारे हटिया उद्घाटन

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख ३ गते।

धराने मिडिया : केराबारी गाउँपालिका वडा न. ५ स्थित साधुटार पदमार्ग साथै साप्ताहिक बुधबारे हटिया उद्घाटन सम्पन्न भएको छ। संयुक्त टोल विकास संस्था अन्तर्गत रहेको साधुटार टोल संरक्षण समितीले प्रतेक शनिबार श्रमदान गर्दै उक्त पदमार्ग निर्माण गरेका हुन।

स्थानीयहरुले शनिबार हुने श्रमदानमा खाजा पनि सहयोग गर्दै आएका थिए। 

साधुटारमा अबस्थित पंचकन्या र हलेसी महादेव मन्दिरलाई संरक्षण तथा प्रचारको निम्ति उक्त पदमार्ग तथा साप्ताहिक बुधबारे हटिया सुरु गरिएको साधुटार पदमार्ग साथै बुधबारे साप्ताहिक हटिया संयोजक राधाकृष्ण राईले बताए।

Sadhutar 2083 (4)Sadhutar 2083 (7)

Sadhutar 2083 (5)

बैशाख २ गते केराबारी गाउँपालिका अध्यक्ष सुमन मगरले रिबन काटेर उक्त पदमार्गको समुद्घाटन साथै भ्रमण पनि गरेका थिए । प्रमुख अतिथि मगरले शुभकामना मन्तव्य दिदै टोल विकास संस्थालाई यस्तो उच्च कार्यको लागि धन्यवाद समेत व्यक्त गरेका थिए।

कार्यक्रममा केराबारी गाउँपालिका वडा न. ५ का अध्यक्ष अजय लिम्बू, वडा सदस्य  विष्णु मगर, धरान उपमहानगरपालिका वडा न. ६ का वडा सदस्य राजन न्यौपाने, समाजसेवी सनम तामाङ, मनोज राई, सुदिप पाख्रिन लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

साधुटार धरान उपमहानगरपालिका र केराबारी गाँपालिकाको सिमानामा अवस्थित सुन्दर र पर्यटकिय ठाँउ हो।

Sadhutar 2083 (6)Sadhutar 2083 (3)Sadhutar 2083Sadhutar 2083 (2)