आज मातातीर्थ औंसी अर्थात ‘आमाको मुख हेर्ने दिन’
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ४ गते।
धराने मिडिया : आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ ।
मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
यस दिन के गरिन्छ?
- आमालाई मिठो खाना, उपहार, कपडा दिएर सम्मान गरिन्छ
- आमाको आशीर्वाद लिने
- जसका आमा छैनन्, उनीहरूले:मातातीर्थ कुण्डमा गएर तर्पण र पूजा गर्छन्, आमाको सम्झनामा दान-पुण्य गर्छन्
काठमाडौँको चन्द्रागिरी क्षेत्रमा रहेको मातातीर्थ कुण्ड विशेष धार्मिक स्थल हो। मान्यता अनुसार, यहाँको कुण्डमा आमाको मुख देख्न पाइन्छ भन्ने विश्वास छ। मान्यता अनुसार, एक गोठालोले आफ्नी दिवंगत आमालाई सम्झँदा यस कुण्डमा उनको अनुहार देखेपछि यो स्थान प्रसिद्ध भएको हो।




















