७ दिने अरनिकाे विद्यार्थीहरूको रमाइलो र सिकाइ महोत्सव सुरु
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ०८ गते।
धराने मिडिया : धरान-८ कबिर टाेल स्थित अरनिकाे मेमाेरियल बाेर्डिङ्ग स्कुलद्वारा ७ दिने अरनिकाे विद्यार्थीहरूको रमाइलो र सिकाइ महोत्सव (ARANIKO STUDENT'S FUN & LEARNING CARNIVAL) सुरु भएको छ।
विद्यार्थीहरुलाई केही नँया कुरा सिकाउने र इलेक्ट्रोनिक्स डिभाइसबाट टाढा राख्ने उद्देश्यले आयाेजित कार्यक्रम वैशाख ७ देखि वैशाख १५ सम्म सञ्चालन हुनेछ । यस कार्यक्रममा अरनिकाे स्कुलकाे विद्यार्थी मात्र नभएर विभिन्न स्कुलका विद्यार्थीहरु गरी ७० विद्यार्थीकाे सहभागी रहेकाे छ ।
उक्त कार्यक्रम स्विमिङ, बास्केटबल ट्रेनिङ, हाइकिङ, बेसिक स्किल, कुकिङ, आर्ट एण्ड क्राफ्ट, डान्स, फुटसल, टेबल टेनिस जस्ता विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम भइरहेकाे यस स्कुलका प्रधानाध्यापक सनम महर्जनले जानकारी दिनुभएकाे छ।
कार्यक्रममा अरनिकाे मेमाेरियल बाेर्डिङ्ग स्कुलका अध्यक्ष सरोज निरौला, उप–प्रधानाध्यापक चन्द्र मोक्तान, स्काउटर साइमोन महर्जन, विद्यालयको शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो।
महोत्सव बिहान ८ बजे देखि दिउँसो ११ बजेसम्म संचालन हुनेछ।






















