‘नेपाल टुर २०२६’ को अन्तिम गन्तव्य धरान, वैशाख ११ मा भव्य कन्सर्ट

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख  ०९ गते।

धराने मिडिया : धरानमा वैशाख ११ गते लोकप्रिय ब्यान्डहरू अल्बाट्रोस र पहेलो बत्ती मुनिको बहुप्रतीक्षित लाइभ कन्सर्ट हुने भएको छ।

काम म्यानेजमेन्ट र तक्क्षयक इन्टरटेन्मेन्टको सहकार्य तथा दृश्य: सी द अनसिनको व्यवस्थापनमा धरान रंगशालामा “रेडबुल प्रेजेन्ट्स नेपाल टुर २०२६” आयोजना हुन लागेको हो।

देशका ६ वटा शहरलाई समेटेर सञ्चालन भइरहेको यस टुर अन्तर्गत हालसम्म ५ शहरमा सफलतापूर्वक कन्सर्ट सम्पन्न भइसकेका छन्। धरानमा कार्यक्रम हुन बाँकी रहेको आयोजकले जनाएको छ ।