लिम्बू पत्रकार संघको जिल्ला साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख १२ गते।
धराने मिडिया : लिम्बु पत्रकार संघ जिल्ला कार्य समिति सुनसरीको प्रथम वार्षिक साधारणसभा तथा लिम्बु पत्रकार पुरस्कार घोषणा एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार धरान‐१५ स्थित चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य मोहन हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्र्म सम्पन्न भएको थिएयो।
उक्त कार्यक्रममा लिम्बु पत्रकार पुरस्कार स्थापनाको घोषणा भएको छ। दुई विधामा पुरस्कार स्थापना भएको र उक्त पुरस्कार आगामी वर्षबाट प्रदान गरिने घोषणा गरेको हो।

संगठनको एउटा ऐतिहासिक उपलब्धिको रुपमा, लिम्बु पत्रकार पुरस्कार अक्षयकोष स्थापना गर्ने निर्णय अनुसार सञ्चालन गरिएको "एक सुका अभियान" सफलतापूर्वक सम्पन्न भएको छ। अभियानले रु. १० लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना गर्न सफल भएका छ र यस अवसरमा दुई ताम्रा पत्र १६ कदर पत्र र (उन्नासी) ७९ धन्यवाद सम्मान पत्र र चार ओटा धन्यवाद पत्र प्रधान गरिएको छ।

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नंबर १५ का अध्यक्ष नरेशकुमार ईवारम, समाजसेवी भीमराज सेरेङ, बरिष्ठ पत्रकार हर्ष सुब्बाको विशेष आतिथ्य रहेको थियो।
धरान-पूर्वाका विभिन्न स्थानबाट आई बसबास गर्ने लिम्बु समुदायको महत्त्वपूर्ण थलो-जहाँ भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनको आवश्यकता अझ बढी महसुस गरिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सञ्चार क्षेत्रमा क्रियाशील लिम्बु पत्रकारहरुको साझा संस्था, लिम्बु पत्रकार संघ, सक्रिय रूपमा अघि बढिरहेको छ।






















