लायन्स इंटरनेशनल डिस्ट्रिक ३२५ सी Gat एरिया ५ धरान  उपमहानगरपालिका र अग्रि ग्रुप अन्तर्गत अग्नि इनर्जी प्रा.लि बिच ३ वर्षे सम्झौता

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख १४ गते

धराने मिडिया : कोशी राजमार्ग अन्तर्गत  धरानको सेउती पुल देखि २ किलो मिटर उत्तर तर्फको रोड डिभाइडरमा निर्माण भएको  धरान लाई सौंदर्य कारण गरने उदेश्य ले फूल बगैचा व्यवस्थापनको सम्पुर्ण खर्च जिम्मेवारीमा लायन्स डिस्ट्रिक्ट ३२५ सी Gat एरिया ५ , धरान उपमहानगरपालिका र अग्रि ग्रुप प्रा.लि को ३ वर्षे सम्झौता भएको छ। समझौता पत्र माँ लायन्स Gat Area chief लायन एकता श्रेष्ठ, नगरपालिका को तर्फबाट कार्यबाहक नगर प्रमुख आइन्द्र बिक्रम बेघा,  अग्नि ग्रुप को तर्फबाट ब्रांच मैनेजर प्रकाश थापा बीच समझौता पत्र माँ हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार लायन्स क्लब धरानद्वारा निर्माण गरेको बगैँचाको सम्पुर्ण खर्च अग्रि ग्रुप प्रा.लि ले जिम्मा लिने भएको हो ।

धरानलाई “clean and Green city धरान बनाउने उद्देश्यले विभिन्न दीर्घकालीन र दिगो योजनाहरू मध्य यो कार्यक्रम एक भएको आयोजक Gat Area chief लायन एकता श्रेष्ठ जानकारी दिएका छन। यसले वातावरण संरक्षण मात्र होइन, जनस्वास्थ्य, पर्यटन र आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पार्छ।

WhatsApp Image 2026-04-26 at 5.08.10 PM

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्र विक्रम बेघा, विशेष अथिति लायन्स डिस्ट्रिक्ट ३२५ सी का जिल्ला गभर्नर बाबरजंग थापा, अतिथिहरु दोस्रो उप–जिल्ला गभर्नर रमेश खत्री, पूर्व जिल्ला गभर्नर धिरज गुरुङ, जिल्ला सचिव नेत्र प्रसाद चम्लागाईं, जिल्ला प्रमुख सल्लाहकार उद्द य नारायण बराल,  सामुदायक प्रहरी धरान,रो यल ईस्टर्न एनफिल्डर्स मोटरसाइकल क्लब धरानको उपस्थिति रहेको थियो।

अग्नि ग्रुप (Agni Group) नेपालका प्रमुख व्यावसायिक समूहहरूमध्ये एक हो, विशेषगरी अटोमोबाइल क्षेत्रमा अत्यन्तै प्रसिद्ध छ। यस कम्पनिको स्थापना सन् १९९१ मा भएको हो । यसको मुख्य कार्यालय काठमाडौं (पानीपोखरी/लाजिम्पाट क्षेत्र) मा अवस्थित छ। यस कम्पनिको मुख्य व्यवसाय गाडी(विशेष रूपमा महेन्द्र ब्रान्डका गाडीहरू) आयात र वितरण गर्ने हो।

WhatsApp Image 2026-04-26 at 5.08.08 PM (1)