धरानमा विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २० गते

धराने मिडिया : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धरानको छाता चोकदेखि भानुचोकसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा सुनसरीका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पुर्व अध्यक्ष हर्ष सुब्बा र सुनसरीका अध्यक्ष सन्तोस काफ्ले पत्रकारको अवस्था र प्रेस स्वतन्त्रता बारे मन्तव्य राखेका थिए।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

Press 2083 (2)