हराएको खुकुरीका कारण खोटाङमा दुईजनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २३ गते
धराने मिडिया : खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार बमबहादुर गोठालो गएका बेला घाँस काट्न लाग्दा खुकुरी हराएका थिए । सोही खुकुरी खोज्न शनिबार छिमेकी मनीकुमार पनि साथी गएका थिए ।
सोही क्रममा भिरबाट एक जना चिप्लिएपछि एकले अर्कालाई समाउँदा दुवै जना भिरबाट खसेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । वडाध्यक्ष फौदराज राईका अनुसार खुकुरी खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल झरेका हुन् ।




















