तिराज लिम्बुको 'बिर्सेर पनि' म्युजिक भिडियो सार्वजनिक
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २८ गते
धराने मिडिया : गायक तथा नायक तिराज लिम्बुकाे नयाँ म्युजिक भिडियो ‘बिर्सेर पनि’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
गीतमा प्रेम, भावनात्मक सम्बन्ध र सम्झनाका विषयलाई प्रस्तुत गरिएको छ भने भिडियोमा आकर्षक दृश्य तथा अभिनय समावेश गरिएको छ। गीतको शब्द, संगीत र भिडियो निर्माण पक्षलाई पनि दर्शकले रुचाएका छन्।
तिराज लिम्बुको स्वर रहेको यस गीतका शब्द र सङ्गीत छ्याम लिम्बुको रहेको छ भने कथा तथा निर्देशन प्रकाश लिम्बुले गरेका छन्। ७ मिनेट ५१ सेकेन्ड लामो भिडियो लुग्गा टि.बि युटुभ च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। भिडियोमा तिराज लिम्बु, बादल चेम्जोङ, प्रकाश लिम्बु र बिमला तामाङ अभिनय रहेको छ।




















