करिब २ करोड रुपैयाँ लगानीमा ‘धरान नोबेल कलेज’ सञ्चालनमा, लिफ्टको सुविधा
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ३१ गते
धराने मिडिया : धरान-१२ स्थित चतारालाइनमा अवस्थित ‘धरान नोबेल कलेज’ सञ्चालनमा आएको छ। कलेजले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्ययन–अध्यापन सुरु गरेको छ।
आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र परिणाममुखी शिक्षाको प्रतिबद्धतासहित उक्त कलेज सञ्चालनमा आएको हो। कलेज स्थापना गर्न करिब २ करोड रुपैयाँ लगानी गरिएको सञ्चालक सदस्य सोभित यादवले जानकारी दिए।
विद्यार्थीहरूका लागि लिफ्टको सुविधा, अत्याधुनिक प्रयोगशालाहरू, सबै ल्याबमा एसी जडान, प्रत्येक कक्षामा स्मार्ट बोर्ड तथा ठूला र उज्याला कक्षाकोठाहरू रहेको कलेजका अध्यक्षमा डा. मोहन कुमार पोखरेल बताएका छन।






















