देशभरका निर्माण व्यवसायी आन्दोलित, सरकारी कार्यालयमा धर्ना र घेराऊ

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख ३१ गते

धराने मिडिया : नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामाग्रीको मूल्य समायोजन गर्न माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ । सरकारलाई मूल्य समायोजन गर्न एक साताको अल्टिमेटम दिँदै व्यवसायीले माग पूरा नगरे आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

महासंघले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेलगायतका आन्दोलनका कार्यक्रम तय गरिएको हो।

मूल्यवृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिनलगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीको निष्कर्ष छ ।