एस.ई.ई.मा शतप्रतिशतको नतिजालाई निरन्तरता दिदै हिविस्कस स्कुल
समाचारदाता : भोला श्रेष्ठ
२०८३ जेठ १ गते।
धराने मिडिया : हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक शिक्षा परीक्षा एस ई.ई २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गर्न सफल वनेको छ ।
केही दिन अघि प्रकाशित नतिजा अनुसार विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी शतप्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल वनेको हो ।
यस वर्षको एसईई परीक्षामा विद्यालयकी छात्रा फुङ्निमा लिम्बूले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम बन्न सफल भएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिएकाछन् ।
त्यस्तै आयुषा राईले ३.५९, रोनिशा श्रेष्ठले ३.५६ तथा मौसम श्रेष्ठले ३.४७ जीपीए हासिल गरी उत्कृष्ट नतिजा ल्याएका छन्।
त्यसैगरी निवा प्रेमी लिम्बूले ३.४४, निनाम्मा राईले ३.३५, एलेक्स श्रेष्ठले ३.३४, आर्यन खाती र इजेकियल राईले समान ३.३१ जीपीए प्राप्त गरेका छन्।
त्यसैगरी प्रज्वल लिम्बूले ३.२७, प्रयास लिम्बूले ३.२५, रुपेन्जल तामाङले ३.२३, स्वयम श्रेष्ठले ३.१७ तथा शम्भु राईले २.८४ जीपीए हासिल गरेको स्कुलले जनाएको छ ।
विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षक टोलीको मेहनत र विद्यार्थीहरुको कडा मेहनत र लगनशीलता,अभिभावकको सही मार्ग निर्देशनका कारण यस्तो उपलब्धि हासिल भएको स्कुलको भनाई रहेको छ।
विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक नतिजाका लागि प्रतिबद्ध रहेको जनाएको छ।
विद्यालयको यस सफलता धरान क्षेत्रमा हिविस्कस स्कुललाई गुणस्तरीय शिक्षाको भरोसायोग्य शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेको स्थानीय अभिभावकहरूको भनाइ छ ।
विगच वर्षमा पनि शतप्रतिशत नतिजा ल्याएको र आगामी दिनमा पनि थप परिणाम ल्याउन लागि पर्ने स्कुलका निर्देशक गंगाराम राईको भनाई रहेको छ ।




















