धरान–१६ को युएन नवोदय कलेजमा जेठ ११ गते प्रवेश परीक्षा

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ३ गते।

धराने मिडिया : युएन नवोदय कलेजले आगामी जेठ ११ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। कलेजले नयाँ शैक्षिक सत्रका लागि विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना खुला गर्दै प्रवेश परीक्षा मिति सार्वजनिक गरेको हो।

धरानमा २०११ सालदेखि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको कलेजले यस वर्ष विज्ञान, होटल व्यवस्थापन, व्यवस्थापन (वाणिज्य) र कम्प्युटर विज्ञान विषयमा अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ।

कलेज प्रशासनका अनुसार प्रवेश परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले समयमै आवेदन फाराम भर्न आग्रह गरिएको छ। परीक्षा सम्बन्धी विस्तृत जानकारी, समय तालिका तथा आवश्यक कागजातबारे जानकारी कलेजको प्रशासन शाखाबाट प्राप्त गर्न सकिने जनाएको छ।

धरान क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि परिचित युएन नवोदय कलेज मा प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीहरूको आकर्षण रहने गरेको छ।

कलेजले विद्यार्थीका लागि छात्र तथा छात्रा छात्रावास, कलेज बस सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ।