बिध्या भूषण स्कुलको एस.ई.ई २०८२ मा उत्कृष्ट नतिजा

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ४ गते।

धराने मिडिया : हालै सम्पन्न एस.ई.ई परीक्षा २०८२ मा सिद्धार्थ मार्ग धरान—८ मा सञ्चालित विध्या भूषण स्कुलको उत्कृष्ट नतिजा हासिल गरेको छ । कुल १८ जना विद्यार्थीहरु मध्ये १६ जना ३.२१ देखि ३.६ ग्रेड ल्याउन सफल भए भने २ जना विद्यार्थी २.८ देखि ३.२ ग्रेड ल्याउन सफल भएका छन् ।

विद्यार्थीहरुलाई पाठ्यक्रमको आधारमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलाप साथै प्रयोगात्मक ढङ्गबाट पनि विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रोत्साहन गर्दै आएका यस विद्यालयको हालको एस.ई.ई परीक्षाको नतिजा विगतका बर्षहरुमा भन्दा उतकृष्ट आएको विद्यालय प्रिन्सिपल नुकेश काफ्ले जानकारी दिएका छन। 

विद्यार्थीहरुले यो उतकृष्ट नतिजा हासिल गर्नमा सम्पूर्ण शिक्षक, अभिभावकका मेहेनत साथै विद्यार्थीहरु स्वयम् को लगनशिलता रहेको समेत प्रिन्सिपल काफ्ले बताए। उनले नतिजा सँगै विद्यार्थीहरुले विद्यालयको नाम उच्च र गौरवमय बनाएकोमा उनीहरुको आगामी भविष्य उज्वल रहोस् भनि सम्पूर्ण विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गरेका छन।

काफ्ले आगामी दिनहरुमा विध्या भूषण स्कुल अझै यस्तै उतकृष्ट नतिजाहरुको पर्खाईमा रहेको र सम्पूर्ण विद्यार्थीहरुलाई नयाँ र नौलो शैलीहरुबाट पठन—पाठन गराउदै लाने प्रतिबद्धता समेत गरेका छन।